यूट्युवमा दर्शक बटुल्दै ‘यस्तै हो जीवन चोला’

डिसी नेपाल
२६ असार २०७८ ७:४३
128
Shares

काठमाडौं। ‘यस्तै हो जीवन चोला, बाँचुञ्जेल हासौँ खेलौँ भोली त के होला’ गायक प्रेमप्रकाश वली र गायिका विन्दु परियारको समुधुर स्वरमा रहेको यो गीतले यूट्युवमा दर्शक कमाइरहेको छ।
शुक्रबार सार्वजनिक भएको उक्त गीतले १०के बढी दर्शहरु जम्मा पारी सकेको छ। गीतमा गायक वलीको शब्द÷संगीत रहेको छ।

चर्चित नायक पल शाह र नायिका अञ्जली अधिकारीले न्यायपूर्ण अभिनय गरेको गीतमा जहाँ गए पनि आफ्नो जन्म ठाउँको यादले सताइरहेको देखाइएको छ। शहर पसेका केटाले रहर पुरा गरेको अपेक्षा गाउँमा बस्नेलाई भएको देखाइएको छ।

नितिन चन्दको निर्देशनमा तयार पारिएको गीतका दृश्यहरु शंकर भुजेलले क्यामेरामा कैद गरेका हुन्।

लोकप्रिय संगीतकार तथा गायक बीबी अनुरागीको संगीत संयोजन रहेको गीतमा सुनितामी परियार, विन्दु बिसी, शुराम रसाइली र गोविन्दलगायतको समूहिक आवाज रहेको छ।

शिशीर खातीको कोरियोग्राफ रहेको गीतको म्युजक भिडियोको सम्पादन समिर बिष्ट र शिसा पौडेलले गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *