माधव नेपाल-ओली सत्ताका ‘विभिषण’

डिसी नेपाल
२९ असार २०७८ ९:५२

काठमाडौं। २०७४ साल फागुन ३ गतेबाट शुरु भएको प्रधानमन्त्री केपी ओलीको ३ वर्ष ५ महिना लामो सत्ता असार २८ गतेका दिन गल्र्याम्म ढलेको छ, सर्बोच्च अदालतको आदेशबाट।

२०७४ सालको आम निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर मुलुकको शक्तिशाली प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका ओली सत्ताबाट बाहिरिँदा सोही संसदबाट अविश्वास गरिएको अवस्थामा बाहिरिनु परेको छ।

यसरी सत्ताबाट अपमानपूर्वक बाहिरिनका लागि ४० वर्षदेखिका पार्टी सहयात्री पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुख्य भूमिका देखिएको छ। र, नेता नेपालले अयोध्याका राजा रामले लंका विजय गर्दा लंकाको राजपरिवारका सदस्य विभिषणले खुसी प्रकट गरेझैं उत्सव मनाएका छन्।

यसरी सत्ताबाट अपमानपूर्वक बाहिरिनका लागि ४० बर्षदेखिका पार्टी सहयात्री पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुख्य भूमिका देखिएको छ। र, नेता नेपालले अयोध्याका राजा रामले लंका विजय गर्दा लंकाको राजपरिवारका सदस्य विभिषणले खुसी प्रकट गरेझैं उत्सव मनाएका छन्।

भूकम्पले प्रताडित भएर तहसनहस भएकै बेला नाकाबन्दी लगाइदिएर नेपाल र नेपालीमाथि भारतले अमानवीय ज्यादति गरेको विरोधमा दह्रोसँग उभिएका कारण लोकप्रिय भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत हुँदा अलोकप्रियताको शिखरमा पुगेका छन्।

विपक्षीहरुले उनको शासनलाई ‘भष्मासुर’ को शासन भनेका छन्। आफूले जे भन्यो त्यही कानून बन्ने भ्रममा पर्दा धेरैजसो निर्णयहरु अदालतबाट उल्टाइएका छन्। लोकतन्त्रका पक्षमा लामो इतिहास बोकेका व्यक्ति ओली ३ वर्षे शासनकालमा सर्वसत्तावाद र निरंकुश शासकका रुपमा बहुप्रचारित नै भइसकेका छन्।

सत्तारोहणका समयको उनको राष्ट्रबादी छवि पनि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको गोप्य बालुवाटार भ्रमण र त्यसपछिका क्रियाकलापका कारण धुलिसात भएको छ।

मुलुकलाई दीर्घकालीन प्रभाव पार्ने केही उल्लेख्य काम गरेर पनि जनतालाई दिनुपर्ने ‘सर्भिस डेलिभरी’ मा उनी र उनको सरकारको नालायकीले अपजसको भारी बोकेर सत्ताबाट विदा हुनु परेको छ। गरेका राम्रा कामको सकारात्मक प्रचार पनि ओलीले पाउन सकेनन्।

सत्तारोहणका समयको उनको राष्ट्रबादी छवि पनि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको गोप्य बालुवाटार भ्रमण र त्यसपछिका क्रियाकलापका कारण धुलिसात भएको छ।

उनको आफ्नै कोठरीभित्रका छुत्र व्यबहारका व्यक्तिहरु सत्ता उन्मादले झन् मदमस्त देखिएका थिए त्यसैले राम्रा कामको प्रचारमा भन्दा अरुलाई खसाउन र हियाउनमा उनीहरुले शक्ति खर्च गर्न पुगे। सत्ताच्यूत भएको केही महिनासम्म पनि उनीहरुमा यो धङधंगी बाँकी रहने निश्चित छ।

त्यसबाहेक पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उनको समूहले शुरुदेखि नै ओलीसत्ताको निरन्तर विरोध गरिरह्यो। त्यसैले पार्टीपंक्तिको तलसम्म ओलीका सकारात्मक कामको प्रचारभन्दा नकारात्मकता नै बढी प्रवाहित भयो।

सात्ता साझेदारीका लागि पार्टी एकतासम्म गरिएका तत्काली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध पनि ओलीका लागि अलोकप्रियताको कारण बन्न पुग्यो।

वास्तवमा पार्टी एकीकरण जस ओलीले लिने कि नेपालले लिने भन्ने कुरादेखि नै एकीकृत पार्टीमा ओली र नेपालका बीच विवाद बढेको थियो। डेढ दशकभन्दा लामो एकल नेतृत्वमा पार्टी चलाएका नेपालका लागि पार्टी महाधिवेशनमा झिनो मतले पराजित हुनु सहजै सैह्य विषय थिएन। देखावटीरुपमा हार स्वीकार गरे पनि नेपालले वास्तविकतामा हार स्वीकार गर्न सकेनन् अर्थात् ओलीलाई आफ्नो पनि नेतृत्वकर्ताको रुपमा लिन सकेनन्।

हारेपछि देखि नै उनले ओलीका हरेक कदमको विरोध गर्दै गए। जति जति नेपाल ओलीको विरोध गर्दै जान्थे ओली त्यति त्यति नै असहिष्णु र एकलकाँटे बन्दै गए।

उनले नेता नेपालको साथ नलिई नै धेरै निर्णयहरु गर्दै गए। डेढ दशक आफ्नो नेतृत्वमा बसेको मान्छेले आफैंलाई बेवास्ता गरेको, हेप्न खोजेको, दम्भ देखाएको अर्थ लगाउँदै नेता नेपाल आफ्नै पार्टीका अध्यक्षका विरुद्ध पार्टीभित्र र वाहिर पनि मोर्चाबन्दीमा लागिरहे।

अहिले त्यसैको परिणाम प्रचण्ड बहुमतको सरकार चकनाचुरमात्र बनेन, संसदमा अल्ममतमा पर्दै अदालतको परमादेशले सत्ताबाट गलहत्याइनु पर्ने अवस्थामा प्रधानमन्त्री ओली र नेकपा एमाले एकसाथ पुग्यो।

रामायणको कथामा लंकाका अधिपति रावणको अहम् र ज्यादतिका विरुद्ध आफ्नै परिवारभित्र बाट विभिषणले विद्रोह गरी अयोध्याका राजा रामलाई साथ दिँदा लंकाका राजा सत्ताच्युतमात्र भएनन्, लंका तहसनहस भएको थियो।

अहिले एमालेभित्रैबाट नेता नेपालले विभिषणको रोल खेलिदिए जसको कारण ओलीसत्ता ढल्न पुगेको छ भने मुलुकलाई थप अस्थिरताको भुमरीतिर पनि धकेलिदिएको छ।

अहिले एमालेभित्रैबाट नेता नेपालले विभिषणको रोल खेलिदिए जसको कारण ओलीसत्ता ढल्न पुगेको छ भने मुलुकलाई थप अस्थिरताको भुमरीतिर पनि धकेलिदिएको छ।

किनकि, झण्डै दुईतिहाइ नजिकको बहुमतले गर्न नसकेको शासन प्रधानमन्त्री बन्दाका दिन नै अल्पमतमा परिसकेका शेरबहादुर देउवाले गर्लान् र मुलुकमा स्थिरता आउला भन्ने कल्पना आफैंमा अस्वाभाविक छ जसलाई देउवा स्वयंले नपत्याएका हुन सक्छन्।

मुलुकको शासनमा देउवा पटक पटक असफल प्रमाणित भइसकेका व्यक्ति हुन्। इगोको टकरावलाई देउवालाई सत्ता सुम्पनेस्थिति बनाउनु र सत्ता सुम्पदा खुसीले गद्गद् हुँदै प्रतिगमनको पराजय र अग्रगमनको जितको अर्थ लगाएर अभिव्यक्ति दिनुले नेता नेपालको ओलीप्रतिको आक्रोशको डिग्री मापन गरेको छ।

ओली गलहत्याइदा खुसी भएका नेपालले देउवालाई सत्ताका चावी सुम्पिएर मुलुका लागि खुसी फर्काइदिएका हुन कि होइनन् आगामी दिनले देखाउलान्।

तर, एउटा कुराचाहिँ के पक्का छ भने मुलुकभित्रका शक्तिहरु थप विभाजित हुनेछन् र एक ढिक्का हुँदै चुच्चे नक्सा बनाएर चुनौती दिएकोमा मुर्मुरिएको छिमेकीलाई यो विभाजनले नेपालविरोधी खेलका लागि ठूलो मौका दिनेछ। यस्तो परिस्थितिमा नेता नेपालको एमाले पुनरागमन कत्तिको सफल होला?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *