गृहमन्त्रीमा बालकृष्ण खाँड, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की
काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएका छन् ।
त्यस्तै ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवाले आजै सपथ गराउनेगरी मन्त्री टुङ्गो लगाएइका हुन् ।
पहिलो चरणमा माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाललाई उर्जामन्त्रीमा सिफारिस गरिएको छ । जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् ।
प्रतिक्रिया
Facebook Comment