भारतमा पुनः बढ्दाे क्रममा काेराेना, विश्वभर १८ कराेड ९१ लाख बढी संक्रमित
काठमाडौं। पछिल्ला केही दिन यता भारतमा कोरोनाका संक्रमितहरु बढ्न थालेका छन्। दुईदिन पहिला ३० हजार संक्रमित २४ घण्टामा थपिएका थिए। एक दिन पहिलाको २४ घण्टाम त्यो संख्या बढेर ४० हजार पुग्यो भने आज ४१ हजार ८ सय ५४ जना कोरोनाका संक्रमित थपिएका छन्।
हालसम्म ३ करोड ९ लाख ८६ हजार ८ सय बढी संक्रमित भेटिएका भारतमा ४ लाख १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने गत २४ घण्टमा पनि ५ सय ८ जनाले ज्यान गुमाएका छन्।
यस्तै गत २४ घण्टामा ३९ हजार निको भएर घर फर्केका छन। ३ करोड ९ लाख बढी संक्रमित पुगेको भारतमा ३ करोड १ लाख निको भएका छन्। कोरोना संक्रमित निको हुनेको दर भारतमा करिव ९७ प्रतिशत रहेको छ।
विश्वमा हालसम्म १८ करोड ९१ लाख ३२ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा पनि ५ लाख ४६ हजार ५ सय ७७ जना कोरोनाका संक्रमित थपिएका छन्।
गत २४ घण्टामा मृत्यु भएका आठ हजार पाँच सय ७८ सँगै विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख ७३ हजार नौ सय ४५ पुगेको छ। भने, हालसम्म १७ करोड २७ लाख ७२ हजार सात सय ४९ जना निको भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment