थप दुई हजार ६ सयबढीमा कोरोना पुष्टि, एक हजार ७ सय निको

डिसी नेपाल
३१ असार २०७८ १६:४६

काठमाडौं । बिहिबार नेपालमा २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार २५६ पीसीआर र ४ हजार ५१२ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ७८२ र ८९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ । जसमध्ये ६ लाख २६ हजार ४६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७५७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ४६३ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *