बलात्कार आरोपमा एक पक्राउ
पर्सा। पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साको बहुदरमाई नगरपालिका २ पिपरा टोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले पक्राउ गरेको छ।
कानुले ती किशोरीलाई असार १४ गते दिउँसो विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका ४ स्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोपीले त्यसपछि पनि ती किशोरीमाथि पटकपटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
अरोपीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment