एक करोडभन्दा धेरैको चेक बाउन्स भएपछि लामा पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। काभ्रेका सत्यमान लामा ठगी मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल काभ्रेले अदालतको आदेश कार्यान्वयनका लागि लामा पक्राउ गरेको हो। लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेका लामा चेक बाउन्सको ठगीमा परेका हुन्।
लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट विहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि पनि विभन्न आरोपमा पक्राउ पर्दै आएका उनलाई सांसदहरुको दवावमा छाडिँदै आएकोमा अहिले भने प्रहरीले जिल्ला अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको हो।
लामाविरुद्ध रामकुमार थापा क्षेत्री र सुरज सापकोटाले चेक बाउन्समा उजुरी दिएका थिए। लामाले गत माघ २० गते क्षेत्रीलाई दिएको ७० लाखको चेक पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो। सापकोटालाई दिएको २२ लाखको चेक पनि बाउन्स भएको थियो। त्यसपछि लामा विरुद्ध काभ्रे जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment