थप २ हजार ९ सयमा कोरोना पुष्टि, १७ सय निको

डिसी नेपाल
१ साउन २०७८ १६:४४

काठमाडौं । शुक्रबार नेपालमा २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ एन्टीजेन परिक्षणमा क्रमशः २ हजार ६ र ९३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । जसमध्ये ६ लाख २८ हजार २४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ४३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *