‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक ’

डिसी नेपाल
३ साउन २०७८ १७:५६

वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताएका छन् । उनले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिए । “आव २०७७/०७८ मा पुँजीगत खर्चतर्फको प्रगति ७३ प्रतिशत, चालू खर्चतर्फको प्रगति ६६.२५ प्रतिशत, वित्तीय खर्चतर्फको प्रगति ७० प्रतिशत गरी कूल प्रगति ७३ प्रतिशत रह्यो”, उनले भने ।

उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्चतर्फको प्रगति ८०.३१ प्रतिशत र चालू खर्चतर्फको प्रगति ७७.६८ गरी कुल प्रगति ८०.२० प्रतिशत हुन आएको जनाउँदै कोभिड महामारीका कारण सिर्जित विषम परिस्थितिका बाबजुद पनि कर्मचारी तथ सबै क्षेत्रबाट प्राप्त भएको सहयोगका लागि आभार प्रकट गरे ।

उनले राजस्व भुक्तानीमा विद्युतीय प्रणाली अपनाउने सजिला छोटा मार्ग निर्माणका लागि सुरुङ निर्माणका योजना बनाउँदै सुरुङ युगमा प्रवेश गर्ने, पूर्ण उज्यालो वाग्मती प्रदेश बनाउने, हरित वाग्मती प्रदेश निर्माण गर्ने, विद्युतीय बससहितको प्रदेश बनाउने, प्रदेश चक्रपथ निर्माण गर्ने, काठमाडौँ उपत्यका काँठ चक्रपथ निर्माण गर्ने, सौन्दर्यकरणसहितको सम्पदामैत्री विकास गर्ने, हरित विकास र हरित अर्थतन्त्र निर्माणको भौतिक संरचना बनाउने, कोभिड महामारीबाट जोगाउँदै उत्पादन र रोजगार सिर्जना गर्ने सरकारको अवधारणा रहेको बताए ।

“हामी ती अवधारणाको कार्यान्वयनको चरणमा छौँ, परिणाम विस्तारै देखिँदै जानेछन्, भोलिका पुस्ताले वा हाम्रा पुर्खा भन्नेछन्”, उनले भने । मन्त्री फुयाँलले सरकारले हाल प्राप्त गरेको सफलता सोच, सङ्गठन, कडा परिश्रमपछिको परिणाम र उपलब्धि भएको उल्लेख गर्दै अवरोध अझै पनि जारी रहेको र काम पनि जारी रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *