एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, प्रधानमन्त्री देउवालाई मत दिने सांसदमाथि कारवाहीकाे संभावना

डिसी नेपाल
४ साउन २०७८ ११:१०

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ।

केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ।

बैठक पार्टीको विधान महाधिवेशनका विषयमा केन्द्रित हुनेछ। साथै आइतबार प्रतिनिधिसभामा पार्टीको ह्विपविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदका विषयमा पनि छलफल हुने बताइएकाे छ। पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएका थिए

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *