तीन हजार विन्दु नजिक नेप्से, करिब १४ अंकले बढेको बजारमा पौने १२ अर्बको कारोबार

डिसी नेपाल
४ साउन २०७८ १५:३९
64
Shares

काठमाडौं। साताको दोस्रो कारोबारको दिन (सोमबार) सेयर बजार परिसूचक नेप्से करिब १४ अंकले बढेको छ। सोमबार नेप्से १३.९७ अंकले वृद्धि भई २९९४.९८ विन्दुमा बन्द भएको छ।

करिब एक महिना रेकर्ड बे्रेक गर्दै अलटाईम हाई रेकर्ड बनाएको नेप्से पुन ः तीन हजारको विन्दु नजिक पुगेको हो। यसअघि साताको पहिलो दिन र आर्थिक वर्षको सुरुवातमा खुलेको पहिलो दिन नेप्से ९७ अंकले बढेको थियो।

यस दिन कारोबारमा आएका २१९ ओटा कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोड बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ५ वटा समूह ओरोलो लाग्दा अन्य समूहका सूचकहरुमा भने हरीयाली देखिएको छ।आज विकास बैंक, जलविद्युत्, बीमा, होटल, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक अरू समूहको सेयर बढेको छ। बैंकिङ समूहको सेयर झन्डै ११ अंकले, व्यापार समूहको एक सय ९६ अंकले सेयर बढेका छन।

यस दिन सिनर्जी पावर कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। समग्र बजार बढे पनि गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *