दाउन मियाँको हत्याका आरोपमा पाँच जना पक्राउ

डिसी नेपाल
४ साउन २०७८ २२:३३

सप्तरी। सप्तरीको खडक नगरपालिका ९ लालपट्टीका ७० बर्षका दाउन मियाँको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। गाउँमा दुई पक्षबीच झडप हुँदा दाउनको मृत्यु भएपछि फरार भएका अभियुक्तहरु आइतबार पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा खडक नगरपालिका ९ लालपट्टीका ३२ बर्षीय नजबुल मियाँ, मो कालिस मियाँ, ६० वर्षीय रफुवा मियाँ, ४२ बर्षीय मो ईजराईल मियाँ र ३२ बर्षका मो जाकिर रहेका छन्।

फरार हत्याका आरोपितहरु नेपाल–भारत सीमा क्षेत्रमा लुकिछिपी बसेको अबस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घटनापछि खोजिमा रहेका आरोपितहरुलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह, ईलाका प्रहरी कार्यालय करोडबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासवान, ईलाका प्रहरी कार्यालय भेडियाका प्रहरी नायव निरीक्षक सागिर राईन नेतृत्वको संयुक्त प्रहरी टोलिले बोदेबर्साईन नगरपालिका ९ स्थित नेपाल–भारत सीमाक्षेत्रबाट लुकिछिपी बसिरहेका अबस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका आरोपितहरु ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखी अनुसान्धन भइरहेको तथा घटनामा अन्य संलग्नहरुको खोजी भइरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

गत वर्ष साउन २४ गते राजबिराज नगरपालिका ९ जगदरीका एजेण्ट सनाउ मामाघर लालपट्टी गएका समयमा छोरालाई बिदेशमा राम्रो काम नपाएको भनी आरोपितहरुसँग बादबिबाद भएको थियो। बिबाद उत्पन्न भएपछि कुटाकुट हुँदा नातिलाई बचाउने क्रममा दाउन घाइते भएका थिए। उनको राजबिराजस्थित छिन्नामस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *