सप्तरीको चन्द्र नहर भत्कियो, तीन सय घर डुवानमा

डिसी नेपाल
५ साउन २०७८ १२:३५

सप्तरी। गएरातिदेखि परेको लगातारको वर्षाका कारण सप्तकोसी नगरपालिका वडा नं ४ बलार्दह स्थित रहेको पुरानो चन्द्र नहर भत्किएपछि सप्तरीका तीनसय घर डुवानमा परेको छन्।

पश्चिमका सात ओटा भन्दा बढी नदीहरुमा आएको बाढीको निकास नहुँदा चन्द्रनहर भत्किएको स्थानीयले बताए। जंगली क्षेत्र अमहा, टेंग्रालगायत नदीबाट पानी आई ओभरफ्लो भएर नहरमा खसेपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको सप्तरीकोसी गाउँपालिकाका मेयर उत्तम गौतमले बताए।

बाढी बस्तीमा पसेपछि सप्तकोसी नगरपालिकाका ३ सय घर डुवानमा परेका हो। नगरप्रमुख गौतमले भने, ‘सप्तकोसी नगरपालिकाका १, २, ४ र ११ वडाका घर डुबानमा परेको छ।’ घर घरमा ३ फिटसम्म पानी पसेको जानकारी दिँदै मेयर गौतमले थपे, ‘अन्य विवरण संकलन भइरहेको छ।’

यता जिता नदीमा आएको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर, वडा नम्बर ५ बरसाइनका २ सय ७५ घर डुवानमा परेको छ।
गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर , वडा नम्बर ५ को बरसाइनका, वडा नं ८ तोपाका करिब २ सय ७५ घर डुबेको हो।

निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा पानी बढिरहेको छ। यता निरन्तरको वर्षाका कारण जिल्लाका सप्तकोशी, त्रियुगा, महुली, खाँडो, बलानलगायतका नदीहरूमा पानीको वहाव बढिरहेको छ।

लगातारको बर्षाले जिल्लाको पूर्वी किनारमा सप्तकोशी, त्रियुगा र पश्चिममा बलान नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सप्तरी प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *