कुवेतले नेपाललाई पठायो स्वास्थ्य सामाग्री तथा उपकरण

डिसी नेपाल
५ साउन २०७८ १३:५१

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासको समन्वयमा Kuwait Red Crescent Society (केआरसीएस)ले कोरोनाविरुद्ध लड्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले अनुदान स्वरुप स्वास्थ्य सामाग्री तथा उपकरण पठाएको छ ।

दूतावासका अनुसार कोरोनाविरुद्धका तीन स्वास्थ्य सामाग्री तथा उपकरणहरु कुवेत–काठमाडौं सेक्टरमा संचालित जजिरा एयरवेजको उडानमार्फत आज(मंगलबार) काठमाडौं आइपुग्ने भएको छ ।

नेपाललाई उपलब्ध गराएको सामाग्री तथा उपकरणहरुमा पोर्टेबल ओक्सिजन कन्सर्नटे«टर्स, पेशेन्ट मोनिटर, मेडिकल भेन्टिलेटर, टेबलसहितको हस्पिटल बेड, पल्स ओक्सिमिटर, भाइटल साइन्स मोनिटर, पिपिईलगायत रहेका छन् ।

ती सामाग्री आजै(मंगलबार) नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गर्ने कार्य रहेको जनाइएको छ ।

नेपाललाई कोभिडविरुद्ध स्वास्थ्य सामाग्री तथा उपकरण उपलब्ध गराएकोमा दूतावासले कुवेतको रेड सोसाइटीप्रति आभार व्यक्त गरेको छ । साथै, कुवेतबाट काठमाडौंसम्म सामाग्री पुर्याउन सहयोग गरेको जजिरा एयरवेज व्यवस्थापक एवं संचालकप्रति पनि दूतावासले धन्यवाद व्यक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *