रेशम चौधरीसहितका कार्यकर्तालाई रिहा गर्न प्रधानमन्त्री देउवासँग ठाकुर पक्षको माग
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिनु पहिले गरिएका प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ।
बबरमहलमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधनसहित रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।
रेशम चौधरीलगायत बन्दीहरूको रिहाइलगायत विषयमा प्रधानमन्त्री देउवाले विश्वासको मत दिनु पहिले प्रतिवद्धता प्रस्तुत गरेकोले आफूहरूले विश्वासको मत दिएको जसपाले उल्लेख गरेको छ।
साथै जसपाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले उठाएका माग सम्बोधन गरेकाले धन्यबाद पनि दिएको छ।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment