सविता कपडा उद्योगको क्षमता विस्तार

डिसी नेपाल
६ साउन २०७८ ८:५६

काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धीपुरमा संचालित सविता कपडा उद्योगले क्षमता विस्तार गरेको छ। विस्तारित घरेलु कपडा उद्योगको मंगलबार राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालले उद्घाटन गर्दै महिला सशक्तिकरणका लागि महिला उद्यमशिलतामा जोड दिइन्।

उनले उद्योगलाई अझै विस्तार गर्दै स्थानीय गरिब तथा विपन्न महिलालाई रोजगारी प्रदान गर्न आग्रह गरे। महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठले महिला उद्यमशिलता प्रवद्र्धन गर्न नगरपालिकाले आवश्यक तालिमका साथै वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको बताए।

नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले महासंघले पनि महिला उद्यमशिलता प्रवद्र्धनका लागि आवश्यक सहजीकरण गर्र्दै आएको बताए। कपडा उद्योगकी प्रोपाइटर सविता सिंहले २० वर्षअघि पाँच जना कामदारबाट सुरुवात गरिएको उद्योगले हाल १६ देखि २० जनालाइ रोजगारी प्रदान गर्दै आएको बताए।

आगामी पाँच वर्षमा उत्पादित वस्तुको निर्यात बढाएर तेव्वर पु¥याउने, रोजगारीे संख्यात्मकरुपमा वृद्धि गर्ने, स्थानीयस्तरमा उपलव्ध कच्चा पदार्थको अधिकतम प्रयोग गर्ने, नेपालीपन झल्किाने नवोदित वस्तु डिजाइनको विकास गर्ने, नयाँ पुस्ता, महिला तथा ग्रामीण विपन्न समूहलाई सीप र प्रविधि हस्तान्तरण गर्दै जाने जानकारी गराए।

सविता कपडा उद्योगबाट उत्पादित वस्तु स्वदेशका साथै विदेशमासमेत निर्यात हुँदै आएको छ। सिंहले हालसम्म चीन, मलेसिया, सिंगापुर, भारत, भुटान, वंगालादेश र लण्डनमा भएका अन्तराष्टिय मेलामा सहभागिता जनाए। सविताले गत आर्थिक वर्ष २०७७।०७८ मा वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले राष्टपति महिला उद्यमशिलता विकास, वित्तीय पहुँच, टेवा र प्रविधि सहयोग कार्यक्रमअन्तर्गत प्रविधिमा दुइ लाख रुपैयाँ अनुदान प्राप्त गरेकी थिइन्।

अनुदान रकम सानो भएपनि सरकारबाट प्राप्त अनुदानले थप उर्जा मिलेको उनले बताइन्। कार्यक्रममा वागमति प्रदेशका सांसद माधव प्रसाद पौडेल, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सहसचिव रोशनी श्रेष्ठ, महालक्ष्मी नगरपालिका ६ का वडाध्यक्ष वासुदेव महर्जनलगायतले पनि महिला उद्यमशिलतामा जोड दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *