एमाले केन्द्रीय कमिटी बैठक बस्दै, माधव नेपाल समूहलाई कारवाही गर्ने एजेण्डा छैन
काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ। दिउँसो लितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने बैठक आज सम्पन्न हुने बताइएको छ।
यसअघि सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
मंगलबार बसेको बैठकमा माधव नेपाल पक्षले पार्टी छाडेमा कस्तो प्रभाव पर्छ त्यस बारेमा छलफल भएको थियो। तर आज बस्ने बैठकमा माधव नेपाल समूहका २२ जनालाई कारवही गर्ने विषयमा कुनै एजेण्डा नै नभएको सथयी कमिटी सुवास नेम्वाङले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment