यसअघि पोर्न फिल्मकै केसमा पक्राउ परेकी अभिनेत्रीले राज कुन्द्राबारे कैयौं खुलासा गरिन्

डिसी नेपाल
६ साउन २०७८ १२:४०

काठमाडौं। अश्लील फिल्म बनाएको अभियोगमा व्यवसायी राज कुन्द्रा पक्राउ परेसँगै यो केसमा अभिनेत्री गहना वशिष्ठको पनि नाम आएको छ । गहना यसअघि पोर्न फिल्म बनाएकै अभियोगमा पक्राउ परेर अहिले धरौटीमा बाहिर छिन् । उनीमाथि पनि युवतीहरुलाई बाध्य पारेर अश्लील फिल्म बनाएको आरोप लागेको छ । फेब्रुअरीमा पक्राउ परेकी उनी गत महिना मात्र छुटेकी हुन् ।

एक भारतीय मिडियासँग कुराकानी गर्दै गहनाले राज कुन्द्राले बनाउने फिल्महरुका बारेमा खुलासा गरेकी छिन् । उनले कुराकानीमा भनिन् ‘मानिसहरुले जसरी पोर्न कन्टेन्टको कुरा गरिरहेका छन् यी कुनै पनि फिल्म पोर्न फिल्म होइनन् । यिनीहरु निकै बोल्ड र इरोटिक फिल्महरु हुन् । यी फिल्म पोर्नको वर्गमा पर्दैनन् । यी फिल्मलाई गलत तरिकाले पेश गरिएको छ । म ती मानिसहरुसँग यही भन्न चाहन्छु कि जबसम्म तपाइँ फिल्म हेर्नुहुन्न तबसम्म यसलाई पोर्न कसरी भन्न सक्नुहुन्छ ?’

गहनाले राज कुन्द्रासँग पनि काम गरेकी थिइन् । उनले भनिन् ‘मैले राज कुन्द्रासँग तीन फिल्ममा काम गरेकी छु । मैले उनका फिल्ममा अभिनेत्रीको रुपमा काम गरेकी छु । राजले मलाई कहिल्यै दबाब दिएनन् । केही लुकाएका पनि छैनन् । र कागजमा एउटा कुरा र सेटमा केही अर्कै कुरा भएको पनि छैन । निकै व्यवसायिक तरिकाले काम गरेका थियौं । मैले जति पनि फिल्म गरेकी छु तिनीहरुलाई पोर्न भन्नु त निकै ठूलो कुरा हुनेछ । धेरै इरोटिक पनि थिएनन् । यी फिल्ममा भन्दा इरोटिक दृश्य त मैले बालाजीको गंदी बातमा गरेकी छु ।’

गहनाले अगाडि भनिन् ‘जब मैले अभिनेत्रीको रुपमा उनीसँग काम गरेकी छु र त्यहाँ कुनै दबाब दिइएको छैन भने म कसरी मानुँ कि राजले युवतीहरुलाई दबाब दिएर काम गराएका छन् । मलाई लगभग ५ महिनाको लागि जेलमा हालिएको थियो । यो आरोप थियो कि मैले सेटमा भेटेकी थिएँ जबकि त्यस दिन म सेटमै थिइन । मलाई त अदालतमा ७ तारिखमा बोलाइयो । ५ तारिखका दिन म दिनभर थानामा थिएँ । मेरो विरुद्ध केही नपाएपछि मलाई फिर्ता पठाइयो अनि आफ्नो मनगढन्ते कहानी बताएर मलाई जेलमा हालियो ।’

गहनाले बाहिर देखाइएको कुरा र वास्तविकता पूरै फरक रहेको बताइन् । आफूलाई गलत आरोप लगाएर जेल हालिएको र अहिले राज कुन्द्रासँग पनि त्यही भएको उनले दावी गरिन् । राज कुन्द्राको भावी योजनाबारे कुरा गर्दै उनले भनिन् ‘हामी अफिसमा कैयौं पटक भेटेका छौं । हाम्रो भेट एउटा एप लञ्च गर्ने विषयमा भएको थियो । राज कुन्द्रा एक एप लञ्च गर्दै थिए । जसको नाम बलिफेम थियो । यो एपको लागि मैले एक फिल्म बनाउँदै थिएँ । यसको लागि स्क्रिप्ट तयार गर्दै थियौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *