पोर्न फिल्म काण्डमा अर्की अभिनेत्री मुछिइन्, राज कुन्द्रासँग थियो ५० प्रतिशतको डील

डिसी नेपाल
६ साउन २०७८ १४:४५

काठमाडौं। अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा कानुनी झमेलामा फसेका छन् । सोमबार २ घण्टाको सोधपुछपछि उनलाई गिरफ्तार गरिएको थियो । मंगलबार अदालतले उनलाई २३ जुलाइसम्म पुलिस हिरासतमा पठाएको छ । राज कुन्द्रामाथि अश्लील फिल्म बनाउको र ती फिल्मलाई एपमार्फत सार्वजनिक गरेको आरोप छ । यो केसमा नयाँ नयाँ खुलासाहरु भइरहेका छन् । पछिल्लो समय अभिनेत्रीहरु शर्लिन चोपडा र पूनम पाण्डेको पनि राज कुन्द्रासँग सम्बन्ध भएको देखिएको छ ।

महाराष्ट्र साइबर सूत्रको हवाला दिँदै एक भारतीय मिडियाले लेखेअनुसार यो केसमा शर्लिन चोपडा र पुनम पाण्डेको नाम आरोपीको रुपमा आएको थियो । उनीहरुको बयान महाराष्ट्र साइबरले रेकर्ड गरेको थियो जुन बयानमा कथित रुपमा दुवैले राज कुन्द्राविरुद्ध आरोप लगाएका थिए । राज कुन्द्रालाई गत वर्ष अदालतले अन्तरिम जमानत दिएको थियो र जमानत आवेदनमा अन्तिम सुनुवाइ यो महिनाको अन्त्यमा हुने तय छ ।

स्रोतका अनुसार शर्लिन चोपडाको राज कुन्द्राको फर्म आर्म्सप्राइम मिडियासँग सम्झौता थियो । यो सम्झौता भारतबाहिरका कम्पनीका केही एपको लागि अश्लील सामग्री उपलब्ध गराउने थियो । उनका पूर्व वकिल चरणजीत चन्द्रपालका अनुसार शर्लिन सेमी पोर्नोग्राफीको साथमा आफ्नो एप चलाउँथिन् । यो पार्ट टाइम काम त्यति राम्रो चलिरहेको थिएन । केही समयपछि शर्लिनलाई राज कुन्द्राले आफ्नो लागि उपयुक्त व्यक्तिको रुपमा फेला पारे । राजले शर्लिनलाई नाफाको ५० प्रतिशत दिने भनेका थिए । यो सम्झौतामा राजले स्वयं हस्ताक्षर गरेका थिए ।

जुन २०१९ र जुलाइ २०२० को बीचमा उनले राम्रो कमाइ गरे । शर्लिनलाई भने सम्झौता अनुसार पैसा नपाएको महसुस भयो त्यसपछि उनले एक वर्षपछि सम्झौता समाप्त गर्न भनिन् । शर्लिनले फेरि आफ्नै एप बनाइन् र केही महिनासम्म यो एप राम्रो चल्यो । तर अगस्ट २०२० मा उनको सामग्री पाइरेसी भइरहेको थियो र उनले स्वयं एउटा उजुरी दर्ता गराएकी थिइन् । फेब्रुअरी २०२१ पछि उनले एक बयानमा आफूलाई राज कुन्द्राले पोर्न उद्योगमा धकेलेको आरोप लगाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *