पर्सी राज कुन्द्राको केसको सुनुवाइका दिन शिल्पा शेट्टीको फिल्म रिलिज हुने

डिसी नेपाल
६ साउन २०७८ १६:२१

काठमाडौं। पोर्न भिडियो बनाएर अनलाइनमा सार्वजनिक गरेको अभियोगमा पक्राउ गरेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको हिरासत समयका विषयमा पर्सी शुक्रबार सुनुवाइ हुँदैछ ।

यही दिन अभिनेत्री शिल्पा शेट्टीको फिल्म पनि रिलिज हुँदैछ । बलिउडमा १४ वर्षपछि फर्किएकी शिल्पा शेट्टीको फिल्म हंगामा–२ शुक्रबार रिलिज हुँदैछ । डिज्नी हटस्टारमा फिल्म रिलिज भएको दिन शिल्पा शेट्टीको लागि उत्सव हुनुपर्ने थियो तर राज कुन्द्राको गिरफ्तारीले उनीहरुको उत्सव खराब भएको छ ।

शिल्पा कमेडी फिल्मबाट बलिउडमा कमब्याक गर्दैछिन् तर फिल्म रिलिजकै दिन उनको जीवनमा भने ट्रेजडी भएको छ । २३ जुलाइमा हंगामा २ को ओटिटी प्रिमियर भइरहेकै बेला राज कुन्द्राको पुलिस रिमाण्ड बढाउने वा न्याधिक हिरासतमा पठाउने भन्ने विषयमा फैसला हुनेछ । शिल्पा शेट्टी २००७ मा लाइफ इन अ मेट्रो र अपने फिल्ममा देखिएकी थियन् । त्यसपछि ओम शान्ति ओमको एउटा गीतमा देखिइन् । त्यसयता शिल्पा फिल्ममा देखिएकी छैनन् ।

१४ वर्षपछि उनी प्रियदर्शनको फिल्म हंगामा २ मा देखिँदैछिन् । शिल्पाको साथमा फिल्ममा प्रणिता सुवास, परेश रावल जस्ता कलाकार मुख्य भूमिकामा छन् । यो निर्देशक प्रियदर्शनको पनि बलिउड कमब्याक फिल्म हो । यसअघि प्रियदर्शनको फिल्म रंगरेज २०१३ मा आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *