विप्लवले भेटे प्रधानमन्त्री देउवालाई

डिसी नेपाल
६ साउन २०७८ १८:११

काठमाडौं। नेकपाका महासचिब नेक्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्री देउवालाई भेटेका हुन्। सरकारसँग भएका ३ बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको छ।

विप्लवले नेकपा र सरकारबीच भएका ३ बुँदे सहमति इन्दारिताका साथ कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए। प्रधानमन्त्री देउवाले सहमति कार्यान्वयन गर्ने बचन दिएका छन्। नौलो जनवादी क्रान्ति गर्ने भन्दै हिंसात्मक गतिविधि गरेपछि विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको थियो।

त्यो बेला सो पार्टीका केही नेता तथा कार्यकर्ता पक्राउ परेका थिए। तत्कालिन ओली सरकारका पालामा ३ बुँदे सम्झौता गर्दै विप्लव शान्तिपूर्ण राजनीतिमा आएका छन्।

सरकार परिवर्तनपछि विप्लवले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन्। उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यलगायतसँग भेट गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *