कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न निजी क्षेत्रलाई प्रधानमन्त्री देउवाको आव्हान

डिसी नेपाल
६ साउन २०७८ १८:२४

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन्। बुधबार उद्योग परिसंघ (सीएनआई)को कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सहयोग गर्न आह्वान गरेका हुन्।

उनले भने, ‘सबै ठाउँमा कोभिडको जो समस्या छ, त्यो समस्या समाधानका निम्ति नेपालका उद्योगपतिहरु, व्यपारीहरुले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ। म यहीँबाट फेरि उहाँहरुलाई हार्दिक अनुरोध र आव्हान गर्न चाहन्छु कि नेपालमा जो महामारी फैलिएको छ। सरकारले उसको कर्तव्य हो, गर्नै पर्दछ। साथ साथै तपाइँहरुले पनि हातेमालो गर्दिनु भनेदेखिलाई हामी छिटै नै छिटै यो महामारीबाट हामी मुक्त हुनसक्छौं भन्ने मलाई आशा छ।’

प्रधानमन्त्री देउवाले अहिलेको अवस्था अवस्था अत्यन्त अप्ठयारो रहेकोसमेत बताए। उनले भने, ‘यो कोरोनाको पेन्डामिकले दुःख दिइरहेको छ। अर्को भेरियन्ट आउँछ भनिराख्या छन्। नेपाल भेरियन्ट भन्ने नाम पनि भनिसकेका छन्। सरकारको कर्तव्य हो गर्नैपर्छ। मैले भनिसक्या छु । अरु कुराहरु आवश्यकता छ, विकास आवश्यकता छ, धेरै कुरा आवश्यकता छ। तर जिन्दगी वढी आवश्यक छ।’ उनले खोपका लागि प्रतिवद्ध भएकोसमेत बताए। उनले भने, ‘हामी सप्पै लागेर निःशुल्क खोप दिनका लागि डिटरमेन्ट हुौं, खोप दिनलाई हामी प्रतिवद्ध छौं। हामी सबैको कर्तव्य पनि हो।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले अर्थमन्त्री जनार्दन शर्माको खुलेरै प्रशंसासमेत गरे। उनले भने, ‘हाम्रो अर्थमन्त्री ज्यू अत्यन्त मिहनेती हुनुहुन्छ। मलाई विश्वास छ छिटै नेपालको अर्थतन्त्रलाई पनि उहाँले पहिलेकोभन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ। उहाँ अत्यन्त मेहनती हुनुहुन्छ। भिजन पनि भएको व्यक्ति हो उहाँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *