दराज र सामसुङबीच साजेदारीः नयाँ सामसुङ ‘ग्यालेक्सी एफ २२’ को प्रिबुकिङ्ग सुरु

डिसी नेपाल
६ साउन २०७८ १८:२८
60
Shares

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले सामसुङ नेपालसँग साजेदारी गरि नयाँ ग्यालेक्सी एफ २२को प्रिबुकिङ्ग सुरु भएको घोषणा गरेको छ।

ग्यालेक्सी एफ २२ को लन्चसँगै सामसुङको एफ सिरिज नेपालमा पहिलो चोटी भित्रिदै छ। ग्राहकहरु अब दराज एप मार्फत साउन ६ देखि ग्यालेक्सी एफ २२ को प्रिबुकिङ्ग गर्न सक्नेछन्।

सामसुङ ग्यालेक्सी एफ २२ अक्टा कोर मिडियाटेक हिलियो जी ८० प्रोसेसोरले सुसज्जित छ र यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर रहेको छ । शक्तिशाली र सुदृढ प्रदर्शन यो फोनको आकर्षण हो।

यसै गरि सामसुङ ग्यालेक्सी एफ २२ को डिस्प्लेको कुरा गर्दा यो फोन मा ६.४ इन्च यच डि इन्फिनिटी, यु सुपर आमोलेड डिस्प्ले रहेको छ भने त्यो डिस्प्ले कोर्नारिंग गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित राखिएको छ। यसैगरि ग्यालेक्सी ग्यालेक्सी एफ २२ एन्ड्रोइड ११ र वान यु आई कोर ३१मा चल्छ भने एसले प्रयोगकर्ताहरुलाई सरल डिजाइन दिनकासाथ फोनलाई आफु अनुकुल बनाउन सकिन्छ। सुरक्षाको लागि को फोन को छेउ पट्टि फिंगर प्रिन्ट स्क्यानर र अगाडी को क्यामेरा मा फेस अनलक को फिचर उपलब्ध छ।

क्यामेराकोको कुरा गर्दा ग्यालक्सी एफ २२ मा क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ४८ यम पी वाइड क्यामेरा, ८ यम पी अल्ट्रा वाइड क्यामेरा, २ यम पी म्याक्रो क्यामेरा, २ यम पी देप्थ साथै एलईडीफ्ल्याश, प्यानारोमा र यच डि आर जस्ता अन्य फिचर्सहरु रहेको छ। यो क्वाड सेटपले सुन्दर तस्बिर र हाई रेजोलुसन भिडियोहरु खिच्न सरल रुपमा सम्भब बनाउदछ। साथै, फ्रन्ट क्यामेरा ८ यम पीको रहेको छ जसबाट स्पष्ट र प्राकृतिक फोटोहरु सजिलैसंग खिच्न सकिन्छ। क्यामेरा का थप अन्य बिशेस्थाहरु भने फूड मोड, हाइपरल्याप्स, स्लो मोशन, एआर जोन र प्रो मोड रहेको कम्पनीले जनाएको छ ।

अब सामसुङ ग्यालेक्सी एफ २२ साउन ९ श्रावन (२७ जुलाई) देखि शिपिंगका लागि उपलब्ध हुनेछ। दराजले अहिले नेपालका ४७ भन्दा बढी शहरहरूमा डेलिभर गर्दछ र दराज मार्फत तपाईले यो फोन आफ्नो घरको ढोकामै मगाउन सक्नुहुन्छ। एक वर्षको ब्रान्ड वारनटि, १४ दिन रिटर्न पोलिसीको पनि ग्राहकहरुले मज्जा लिन सक्नेछन्। येसैगरि, ग्राहकहरूले ग्यालक्सी एफ २२लाई दराज मार्फत ० प्रतिशत ब्याज ईयमआइमा पनि खरीद गर्न सक्दछन्। ग्यालेक्सी दुई एफ २२ भेरियेण्टमा उपलब्ध छ ४ जीबी राम, ६४ जीबी स्टोरेज, र ६ जीबी राम, १२ जीबी स्टोरेज । ४ जीबी को मूल्य रहेको छ रु २०,४९९ भने ६ जीबी को मूल्य छ रु २३,९९९ ग्यालक्सी एफ २२ कालो र लाईट ब्लुमा उपलब्ध छ।

यसै गरि, दराज महाबचात बजार मा खरिद गरे थप छुट हरु प्राप्त गर्न सक्छन। महाबचत बजारमा कुनै पनि सामान खरिद गरे ग्राहकहरुले म्याक बुक प्रो १३ पनि जित्ने मौका पाउनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *