भीम रावलसँग नेपालको २ घण्टा छलफल
काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबीच करिब २ घण्टा छलफल भएको छ। माधव समूहको बुधबार बसेको स्थायी कमिटी बैठकमा रावल अनुपस्थित भएपछि वरिष्ठ नेता नेपाल रावल निवास टोखा पुगेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता नेपालसँग असहमित भएपछि रावलले सांसद पदबाटै राजीनामा दिएका छन्। यद्यपी सो राजीनामा स्वीकृत भने भइसकेको छैन।
पछिल्लो दिनहरुमा रावल अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा भइरहेका बेला उनले पहिलो पटक माधव समूहको बैठक बहिस्कार गरेका थिए।
त्यसपछि रावललाई फकाउन नेता नेपाल टोखा पुगेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment