आज पुष्पलालको ४३ औं स्मृति दिवस मनाइँदै

डिसी नेपाल
७ साउन २०७८ ६:१५

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई आज उनको ४३औं स्मृति दिवसका अवसरमा विविध कार्यक्रम गरी सम्झना गरिँदै छ। नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन्।

नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिनुभएका श्रेष्ठले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए। पुष्पलालले नेकपाको स्थापना कोलकाताको श्यामबजारमा नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा गरेका थिए।

उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन्। वामपन्थी र प्रजातान्त्रिक शक्ति मिलेर पञ्चायती निरंकुशताविरुद्ध लड्नुपर्ने पुष्पलालकै विचारबाट नेपालको राजनीतिक परिवर्तन अघि बढेको राजनीतिक विज्ञहरू बताउँछन्।

पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र प्रचारमा ल्याए। यो नै नेपाली भाषाको पहिलो कम्युनिष्ट लेख बन्यो। पुष्पलाल श्रेष्ठले र नेतृ साहना प्रधानसँग विवाह गरे। विसं २०१५ सालमा भएको आम निर्वाचनका क्रममा पुष्पलाल श्रेष्ठ देशका विभिन्न भागमा पुगेका थिए। कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुष्पलाल २०१६ सालमा तत्कालीन सोभियत संघसमेत जानु भयएको थियो भने त्यसैक्रममा उहाँले चीनको समेत भ्रमण गर्नुभएको थियो । पुष्पलाल राणाविरोधी आन्दोलनका अगुवा शहीद गंगालाल श्रेष्ठका माइला भाइसमेत हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *