चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । वाग्मती लगायतका चारवटा प्रदेशका केही स्थानमा भारी वषाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाद्वारा जारी बुलेटिनमा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना बारे जानकारी दिइएको छ।
महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्नेतथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको पनि बुलेटिनमा उल्लेख गरिएको छ। आजको मौसम पूर्वानुमान गर्दै बुलेटिनमा भनिएको छ, ‘गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment