तोलामा ७ सय रुपैयाँ घट्यो सुनको मूल्य

डिसी नेपाल
७ साउन २०७८ १२:२६

काठमाडौं। बिहीबार सुनको मूल्य तोेलामा ७ सय रुपैयाँ घटेको छ।

बिहीबार सुन तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसै गरी बिहीबार तेजाबी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम छ।

आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रति तोलामा १० रुपैयाँ बढेर एक हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *