बैंक ह्याककाे हल्ला फैलाउनेलाई छिट्टै कारवाही गर्छाैँ – राष्ट्र बैंक

डिसी नेपाल
७ साउन २०७८ १४:५६

काठमाडौं। नेपालका विभिन्न बैंकहरुलाई ह्याक गरी पैसा चोर्ने धम्की भाईरल भएपछि सर्वसाधारणहरु बैंकिङ कारोबार गर्न त्रसित भईरहेका छन। बुधबार बेलुकी एक्कासी नेपाल राष्ट्र बैंक सहित नेपालका १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने धम्की सहितको इमेल र फोन मार्फत चेतावनी दिईएको थियो।

त्यसपछि बैंकिङ कारोबार गर्न सर्वसाधारणहरु भने त्रसित भएका छन। तर, राष्ट्र बैंकले भने यो हल्लामात्रै भएकोले आम नागरिकलाई त्रसित नहुन आग्रह गरेको छ। बैंकका सहप्रवक्ता देवकुमार ढकालले कुनै पनि बैंकको डेटा यति सजिलै ह्याक हुन नसक्ने भन्दै ढुक्क हुन आग्रह गरेको छन्।

“यो फेक हल्ला मात्रै हो। हामीले सम्पुर्ण सिस्टमहरु चेक गरिसक्यौं। राष्ट्र बैंक लगायत सम्पुर्ण बैंकको सिस्टम निगरानीमा छ। म तपाईको मिडियामार्फत आम जनतालाई ढुक्क भएर बैंकिङ कारोबार गर्न आग्रह गर्दछु,’

उनले भने ‘हामीले साइबर ब्युरोलाई कसले कुन कुन ठाउँबाट हल्ला फैलाउने काम गर्यो भनेर अनुसन्धानको लागि पत्र काटि सकेका छौँ। फेक हल्ला फैलाउने काम जसले गरे पनि हामी छिट्टै पक्राउ गर्नेछौँ। र कडा भन्दा कडा कारवाही गर्ने छौँ।’

ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक सहित एनआइसी एसिया बैंक, बैंक अफ काठमाडाैं, सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल एसबीआइ बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, र हिमालय बैंकको नाम उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *