जापानी राजदूतले भेटे प्रधानमन्त्री देउवालाई, १६ लाख डोज खोप छिटै आउने

डिसी नेपाल
७ साउन २०७८ १७:३८
888
Shares

काठमाडौं। काठमाडौंस्थित जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। देउवा प्रधानमन्त्री बनेपछि जापानी राजदूतले विहीबार पहिलो पटक प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्।


प्रधानमन्त्री निवासमा भएको सो भेटमा जापानी राजदूतले जापान सरकारले यसअघि नै घोषणा गरेको कोरोनाविरुद्धको १६ लाख डोज खोप छिटै आउने जानकारी गराएका छन्। भेटबारे प्रधानमन्त्री देउवाले ट्वीट गर्दै जापानी सहयोगका लागि धन्यवाद दिएका छन्। जाापनले यसअघि नै १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने घोषणा गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *