एसएसपी सौरभ राणालाई डीआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ प्रहरी उरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले विहीबार उनलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा सिफारिस समितिले एसएसपी मध्ये सबैभन्दा वरिष्ठ राणालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको जनाएको छ। बढुवा समितिको सिफारिसमा मन्त्रिपरिषदले बढुवाको निर्णय गर्ने कानुनी व्यवस्था छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment