सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

डिसी नेपाल
८ साउन २०७८ १२:१२

काठमाडौं। साताको अन्तिम कारोबारको दिन सुन चाँदीको मूल्य सामान्य बढेको छ।

शुक्रबार सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *