अदालतले राज कुन्द्रालाई २७ जुलाइसम्म हिरासतमै राख्न आदेश दियो

डिसी नेपाल
८ साउन २०७८ १४:२२

काठमाडौं। पोर्नोग्राफिक सामग्री बनाएर सार्वजनिक गरेको अभियोगमा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रालाई अदालतले जमानत दिएन । उनलाई अझै २७ जुलाइसम्म पुलिसको न्यायिक हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । शुक्रबार अदालतमा पेश गरिएका राज कुन्द्रालाई हिरासतमै राख्न पाउनुपर्ने अभियोजन पक्षले माग गरेको थियो ।

राज कुन्द्रालाई मुम्बइ पुलिसको क्राइम ब्रान्चले जुलाइ १९ सोमबार राती पक्राउ गरेको थियो । राजविरुद्ध फेब्रुअरीमै केस दर्ता भएको थियो र उनीविरुद्ध पर्याप्त प्रमाण जुटाएपछि सोमबार उनलाई पक्राउ गरिएको पुलिसले बताएको थियो । मुम्बइ पुलिसले राज कुन्द्रालाई ७ दिनसम्म न्यायिक हिरासतमा राख्न माग गरेको भए पनि अदालतले २७ जुलाइसम्मको मात्र समय दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *