पति पक्राउ परेपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै अभिनेत्री शिल्पा शेट्टीले के भनिन् ?

डिसी नेपाल
८ साउन २०७८ १४:३४

काठमाडौं। आफ्ना पति राज कुन्द्रा पोर्नोग्राफिक सामग्री बनाएर सार्वजनिक गरेको अभियोगमा पक्राउ परेपछि बलिउड अभिनेत्री शिल्पा शेट्टीले पहिलो पटक सार्वजनिक रुपमा आफ्नो धारणा राखेकी छिन् । राज पक्राउ परेपछि कुनै प्रतिक्रिया नदिएकी र नियमित सुटिङ समेत छाडेर बसेकी शिल्पाले आज अर्थात राज कुन्द्रालाई अदालतमा पेश गरिने दिन र आफ्नो कमब्याक फिल्म हंगामा २ रिलिज हुने दिन पारेर आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

शिल्पा शेट्टीले सामाजिक संजालमा पोस्ट गर्दै जेम्स थर्बरले लेखेको लाइन ‘रिसमा पछाडि र डराएर अगाडि नहेर, चारैतिर हेरेर सचेत बन’ लाई हाइलाइट गरेकी छिन् । शिल्पाले अगाडि लेखेकी छिन् ‘हामी रिसमा पछाडि फर्किएर ती मानिसहरुलाईै हेर्छौं जसले हामीलाई चोट पुर्याएका छन्, जो तनाव हामीले झेलेका छौं, जुन दुर्भाग्य हामीले सहेका छौं । हामी यो डरले अगाडि हेर्छौं कि हामी आफ्नो जागिर गुमाउन सक्छौं, कुनै रोग लाग्न सक्छ वा कसैलाई आफ्नो मृत्युको डर । हामीले यो सुधार गर्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *