१७ हजार परीक्षण गर्दा २९ सयमा कोरोना पुष्टि, १६ सय निको

डिसी नेपाल
८ साउन २०७८ १६:०४

काठमाडौं । शुक्रबार नेपालमा २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० एन्टीजेन परीक्षणमा क्रमशः १ हजार ९८२ र ९९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३० हजार १४६ पुगेको छ । जसमध्ये ६ लाख ३९ हजार ६३८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १८ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ६७९ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *