बिगबोसको अर्को सिजनको होस्ट करण जौहर हुने

डिसी नेपाल
९ साउन २०७८ १३:१९

काठमाडौं। बिगबोसको अर्को सिजनको होस्ट करण जौहर हुने भएका छन् । शो निर्माण टिमले बिगबोसको अर्को सिजनको ओटिटी एपिसोडको होस्ट करण जौहरलाई बनाउने भएका छन् । भारतीय मिडियाका अनुसार निर्माण टिमले आगामी सिजन शोलाई टेलिभिजनमा भन्दा पहिले ओटिटी प्लेटफर्ममा लञ्च गर्ने निर्णय गरेका छन् । ओटिटी प्लेटफर्मको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।

बिग बोस ओटिटीका सुरुवाती ६ एपिसोड ओटिटी प्लेटफर्ममा देखाइनेछन् जो एडिट नगरिएका हुनेछन् । दर्शकले सातै दिन र चौबीसै घण्टा बिगबोसको घरमा भइरहेको हलचल हेर्न सक्नेछन् । निर्माण टिमले यी ६ एपिसोडको होस्ट गर्नको लागि करण जौहरलाई साइन गरेका छन् । जसरी हरेक विकेन्डमा सलमान खान शोमा आउँछन् त्यसैगरी करण जौहर पनि आउनेछन् । तर, करणको शैली भने फरक हुने बताइएको छ ।

सलमान खानले बिग बोस छोडेका भने होइनन् । सुरुवाती ६ एपिसोडपछि बिगबोस टिभीमै आउनेछ र टिभीमा बिगबोसका होस्ट सलमान खान नै हुनेछन् । जानकारी अनुसार निर्माण टिमले बिग बोस ओटिटी पनि सलमानलाई नै होस्ट गर्न भनेका थिए तर आफ्ना केही पुराना प्रतिबद्धताका कारण सलमानले यसलाई स्वीकार गरेनन् । बिग बोस ओटिटीको पहिलो एपिसोड ८ अगष्टमा प्रसारण हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *