मुम्बइ क्राइम ब्रान्चको टोली शिल्पा शेट्टीको घरमै पुग्यो, शिल्पाले दिइन् यस्तो बयान
काठमाडौं। अश्लील भिडियो बनाएको अभियोगमा राज कुन्द्रा पक्राउ परेपछि यसको अनुसन्धानको क्रममा मुम्बइ क्राइम ब्रान्चको टोली राज कुन्द्राको घरमै पुगेको छ । त्यहाँ राज कुन्द्राकी पत्नी अभिनेत्री शिल्पा शेट्टीसँग सोधपुछ गरिएको छ । राज र शिल्पालाई साथमै राखेर सोधपुछ गरिएको मुम्बइ क्राइम ब्रान्चलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएका छन् । मुम्बइ पुलिसले एक वक्तव्य जारी गर्दै शिल्पा शेट्टीको बयानबारे जानकारी दिएको छ ।
मुम्बइ पुलिसको बयान अनुसार सोधपुछमा शिल्पाले पोर्नोग्राफी केसमा आफ्नो संलग्नता नभएको बताएकी छिन् । शिल्पाले आफू यो गिरोहसँग कुनै पनि किसिमले सम्बन्धित सभएको बताइन् । शिल्पाले राज कुन्द्राले समेत पोर्न नभइ इरोटिक फिल्म बनाउने दावी गरिन् । उनले पोर्न फिल्म र इरोटिक फिल्म फरक भएको बताइन् । शिल्पाले हटशट फिल्म निर्माणमा आफ्नो कुनै भूमिका नभएको र आफू कुनै किसिमले सम्बन्धित नभएको बताइन् । शिल्पाले हटशटबाट कुनै नाफा नकमाएको बताइन् ।
क्राइम ब्रान्चको टिमलाई दिएको बयानमा शिल्पाले राज कुन्द्राको बचाउ गर्दै उनले इरोटिक फिल्म बनाउने बताइन् तर उनले आफूलाई हटशटको सामग्रीको बारेमा सटिक जानकारी नभएको स्वीकार गरिन् । शिल्पाले राजको बचाउ गर्दै अन्य ओटिटी प्लेटफर्ममा भएका सामग्री अझै बढी अश्लील भएको दावी गरिन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment