आफ्नै कर्मचारीले दिए राज कुन्द्रालाई धोका !

डिसी नेपाल
१० साउन २०७८ १५:१४

काठमाडौं। मुम्बइ पुलिसको क्राइम ब्रान्च बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको रहस्य खोल्न जुटेको छ । पुलिसले राजको अंधेरीस्थित अफिसमा लुकाएर राखिएको एक गोप्य दराजको जानकारी पाएको छ । राजको अफिसका कर्मचारीले नै यो गोप्य दराजबारे जानकारी दिएपछि पुलिसले शनिबार दराजबाट केही कागजात नियन्त्रणमा लिएको छ । यी कागजात क्रिप्टोकरेन्सीसँग सम्बन्धित छन् ।

राज कुन्द्राका ४ जना कर्मचारी राजविरुद्ध पोर्नोग्राफी केसमा ‘सरकारी गवाह’ बन्न तयार भएका छन् । उनीहरुले अदालतमा राजको विरुद्ध बयान दिन राजी भएका हुन् । मुम्बइ पुलिस सूत्रका अनुसार यी कर्मचारीले क्राइम ब्रान्चको प्रोपर्टी सेललाई राजको गिरोहको नेटवर्कले कसरी काम गर्थ्यो भन्ने सबै बताएका छन् ।

यसअघि पुलिसले १९ जुलाइमा पनि यो अफिसमा छापा मारेको थियो तर त्यतिबेला भित्तामा बनाइएको यो दराज देखिएको थिएन । पुलिसलाई वियान इन्डष्ट्रिजका कर्मचारीले नै यो गोप्य दराजबारे बताएका थिए । अहिलेसम्मको सोधपुछमा राज कुन्द्राले पनि यो दराजबारे खुलासा गरेका थिएनन् । अब यो केस पैसासँग सम्बन्धित भएपछि एक्सटोर्सन डिपार्टमेन्टले पनि राजविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *