अभिनेत्री यशिका आनन्द कार दुर्घटनामा गम्भीर घाइते, साथीको घटनास्थलमै मृत्यु

डिसी नेपाल
१० साउन २०७८ १६:४४

काठमाडौं। तमिल अभिनेत्री यशिका आनन्द शनिबार अबेर राती कार दुर्घटनामा परेकी छिन् । तमिलनाडुको महाबलीपुरम नजिकै इस्ट कोस्ट रोडमा दुर्घटना भएको हो । दुर्घटनामा यशिका गम्भीर घाइते भएकी छिन् । उनलाई अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । आइतबार यशिकालाई होस आएको बताइएको छ ।

दुर्घटनामा यशिकाका एक साथीको घटनास्थलमै मृत्यु भएको छ । यशिकाको हात, खुट्टा, हिपमा फ्याक्चर भएको छ । प्रत्यक्षदर्शीका अनुसार यशिकाले यात्रा गरिरहेको एसयुभी कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो । डिभाइडरमा ठोक्किएपछि कार सडकछेउ खाल्डोमा खसेको थियो । यशिकासमेत ३ जनालाई स्थानीयले दुर्घटनाग्रस्त कारबाट बाहिर निकालेका थिए ।

तीनै जनालाई नजिकको अस्पताल लगिएको थियो । यशिकाकी साथी वल्लीभेट्टी भवानी कारभित्र नराम्रोसँग फसेकी थिइन् । उनलाई बचाउन उद्धारकर्मीको प्रतिक्षा गरिएको भए पनि उनको घटनास्थलमै मृत्यु भयो । घटनापछि यशिकाका पिता दिल्लीबाट चेन्नइ गएका छन् । भवानीको शवलाई चेंगलपेट अस्पतालमा अटोप्सीको लागि पठाइएको छ । पुलिसले नशाको अवस्थामा गाडी चलाएर दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *