२२ वर्षकी ‘पाउडर क्विन’लाई ८ वर्षको जेल सजाय

डिसी नेपाल
११ साउन २०७८ १०:२४

काठमाडौं। मिस बमबमकी विजेता प्लेब्वाय मोडललाई ८ वर्षको जेल सजाय सुनाइएको छ । पाउडर क्विन भनेर समेत चिनिने ब्राजिलकी फ्लाभिया तमायोलाई सजाय सुनाइएको हो । २२ वर्षकी तमायोलाई अदालतले वेश्यावृत्ति र लागुऔषधको गिरोह चलाएको अभियोगमा दोषी ठहर गरेको हो ।

उनलाई गत वर्ष जुलाइ २१ मा एस्पिरिटो सान्तोमा होटल भिटोरियाबाट पक्राउ गरिएको थियो । पक्राउ गर्न लाग्दा उनले होटलमा पाहुनाहरुकै अगाडि कपडा खोलेर प्रदर्शन गरेकी थियन् । तमायालाई पामेला पान्तेरा नामबाट पनि चिनिन्छ । उनी वेश्याहरुले संचालन गरिरहेको लागूऔषध तस्करी गिरोहकी सदस्य थिइन् ।

द सनको रिपोर्टअनुसार अनुसन्धानमा तमाया र उनका सहकर्मीहरुले कोकिनसहित क्लास ए नारकोटिक्सको कारोबार गर्ने गरेको पाइएको थियो । जाँचकर्ताहरुले यो गिरोहका सदस्यहले राजधानी ब्रासिलिया रहेको संघीय जिल्लाका धनी ग्राहकहरुलाई यी लागूऔषध बेच्ने गरेको पाएका थिए ।

प्रोसिक्युटर राफेल कोरियाका अनुसार उनीहरुले गहकहरुलाई लागूऔषध र यौन सम्बन्धको प्याकेज नै उपलब्ध गराउँथे र लायूऔषध यौनसम्बनधको क्रममा वा त्यसपछि सेवन गर्न पाइन्थ्यो । तमायाले आफ्ना ग्राहकहरुलाई लागूऔषध समेत उपलब्ध गराउने गरी कलगर्लको रुपमा काम गरेको पाइएको छ । पाउडर क्विन भनेर पनि चिनिने तमायाले एक पटक पोर्चुगलमा प्लेब्वाय म्यागजिनको कभरको लागि पोज दिएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *