राज कुन्द्रा केसमा सनसनीपूर्ण खुलासा, मृत्यु भइसकेका यश ठाकुर अहिले कहाँबाट आए ?

डिसी नेपाल
११ साउन २०७८ १६:४५

काठमाडौं। राज कुन्द्रा पोर्नोग्राफी केसमा सनसनीपूर्ण खुलासा भएको छ । पोर्न भिडियो बनाएर सार्वजनिक गर्ने गिरोहका महत्वपूर्ण सदस्य भनिएका यश ठाकुर खासमा जीवित नै छैनन् । केही समयअघि यश ठाकुरले इमेलमार्फत एन्टी करप्सन ब्युरोलाई इमेल पठाएर राज कुन्द्राले पुलिसलाई २५ लाख घुस दिएको र पुलिसले आफूसँग पनि घुस मागेको बताएका थिए । तर, अहिले यश ठाकुर जीवित नै नभएको खुलासा भएको छ ।

यो केसमा अन्य २ आरोपी भनिएका अरविन्द श्रीवास्तव र यश ठाकुर खासमा एउटै व्यक्ति भएको खुलासा भएको छ । खासमा आरोपी अरविन्द श्रीवास्तव हुन् । यश ठाकुर जीवित नै छैनन् । उनको एक वर्षअगाडि मृत्यु भइसकेको छ र उनको यो केससँग कुनै सम्बनध पनि थिएन । अरविन्द श्रीवास्तवले नै मृत्यु भइसकेका यश ठाकुरको पहिचान आफूले प्रयोग गरिरहेका थिए । अरविन्दले नै आफूले मृत्यु भइसकेका व्यक्तिको पहिचान प्रयोग गरेको बताएका हुन् ।

अरविन्दका अनुसार यश इन्दौरका थिए र उनको २०२० मा ब्रेन ट्युमरका कारण मृत्यु भइसकेको छ । अरविन्दले जाँच एजेन्सीबाट बच्नको लागि यस्तो गरेका थिए । अरविन्दले पुलिसलाई राजले आफ्नो गिरफ्तारी रोक्न २५ लाख घुस दिएको बताएका छन् । आफूले पैसा दिन नमान्दा आफूलाई फसाइएको उनले बताए । उनले अहिले जुन फिल्मको कुरा भइरहेको छ ती पोर्न नभएर इरोटिक भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *