राज कुन्द्रालाई थप १४ दिनको लागि अदालतले जेल पठायो

डिसी नेपाल
१२ साउन २०७८ १३:४४

काठमाडौं। पोर्नोग्राफी केसमा पक्राउ परेका राज कुन्द्रालाई अदालतले झनै लामो समयको लागि जेल पठाएको छ । आज अदालतमा पेश गरिएका राजलाई मुम्बइको किला कोर्टले अझै थप १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको हो । यसअघि जुलाइ १९ मा पक्राउ परेका उनलाई अदालतले जुलाइ २३ सम्म पुलिस हिरासतमा पठाएको थियो । त्यसपछि २३ जुलाइमा अदालतले २७ जुलाइसम्मका लागि न्यायिक हिरासतमा जेल पठाएको थियो ।

राजमाथि पोर्न भिडियो बनाएको र ती भिडियोलाई ओटिटी प्लेटफर्ममा अपलोड गरेको आरोप छ । थप १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएपछि राजका वकिलले अदालतमा जमानतको लागि निवेदन दिएका छन् । निवेदनमा उनको जाँच सकिएकोले उनलाई जमानतमा रिहा गरिनुपर्ने आधार दिइएको छ । पुलिसले थप ७ दिन हिरासतमा राख्न माग गरेको थियो तर अदालतले १४ दिनको लागि हिरासतमा पठाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *