भारतको औजार बन्दा सडकमा आइपुग्यो महन्थ समूह, अब कसरी उठ्ला ?

डिसी नेपाल
१३ साउन २०७८ ९:१४

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेता हिजो पार्टीबाट निष्कासित गरिए। अब उनीहरुको संसद सदस्यतासमेत धरापमा परेको छ। मधेशमा निकै प्रभाव जमाउन सफल हुँदै आएको ठाकुर नेतृत्वको टोली यतिबेला न पार्टी न सरकार न संसदको अवस्थामा बिचल्लीमा परेको छ।

नेपाली राजनीतिमा भारतको संस्थापन पक्षको विश्वासअनुसार नै आफ्ना गतिविधि सञ्चालन गर्ने भनी चिनिएको ठाकुर र राजेन्द्र महतोको यो समूहको यसरी हरिविजोग हुने अवस्था के कारणले उत्पन्न भयो ?

नेकपाका अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक थिए महन्थ ठाकुर र राजेन्द्र महतो। अन्तर्राष्टिय क्षेत्रमा समेत सन् २०१५ र त्यसयताका मधेश आन्दोलन दमनमा ओलीको प्रत्यक्ष संलग्नता भएको आरोपसहित उनलाई मानवअधिकार हनन्मा अन्तर्राष्ट्रिय निकायबाटै आरोपित गर्ने अथक प्रयास यो समूहले गतबर्षसम्म निरन्तर जारी राखेको थियो।

ओलीलाई प्रतिगमनकारी भन्दै सन् २०१५ मा जारी भएको संविधानलाई प्रतिगामी संविधानको संज्ञा दिएर चर्को आलोचना गर्ने मात्र होइन यो समूहले ओलीका विरुद्ध मधेश प्रदेशमा प्रवेश निषेध नै गरेको थियो।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको बालुवाटार भ्रमणपछि ठाकुर महतो समूहको ओली समर्थन शुरु भएको हो। त्यसयता ओलीसँग मधेशका मुद्धामा वार्ता शुरु गरेको देखाएर मधेशका एजेण्डामा ओलीले नै सहमती जनाएर काम गरिरहेको भन्दै ओलीको मधेशविरोधी छविलाई पखाल्नसमेत यो समूहले योगदान दिन पुग्यो।

र ,मधेशमा कार्यक्रम गर्न लामो समयसम्म ओलीलाई निकै मुस्किल परेको थियो। सप्तरीमा कार्यक्रम गर्ने कोसिस गर्दा ओली र उनको समूहमाथि आक्रमणसमेत भएको थियो।

संसदको निर्वाचनताका होस् वा त्यसपछिका समयमा ठाकुर र महतोको समूहले ओलीमाथि राजनीतिक आक्रमण जारी राख्यो किनकि ओलीको निर्वाचनको एजण्डा नेपालमा भारतीय दादागिरीको अन्त्य गर्नका लागि राष्टवादी र दरिलो सरकार बनाउने थियो।

मधेश क्षेत्रबाट ओली र उनको गठबन्धनलाई हराउन यो समूहलाई छिमेकी मुलुक भारतले पनि ठूलो सहयोग गरेको थियो। त्यसैले पहाड, हिमाल र तराईका पनि राजमार्ग उत्तरका क्षेत्रबाट ओली नेतृत्वको गठबन्धनले चुनाव जिते पनि मधेश क्षेत्रबाट जित हासिल गर्न सकेन।

ओली गठबन्धनविरुद्ध भारतको संस्थापन पक्षसमेतको मिलेमतोमा सबै प्रकारका प्रयास गरे पनि ओलीको राष्ट्रवादी नारालाई नेपाली जनताले मन पराइदिएका थिए। कसैको केही नलागेरै ओली नेतृत्वको वाम गठबन्धन चुनावमा प्रचण्ड बहुमतसहित सत्तामा पुगेको थियो।

ओलीको सत्तारोहणसँगै उनलाई सत्ताच्युत गर्ने अनेकौं प्रयासहरु भएका थिए। नेकपाभित्र भ्वाङ नपारी सो काम सम्भव थिएन। त्यसैले प्रयास जारी रहेकै अवस्थामा कालापानी र लिम्पियाधुरा लिपुलेक समेटिएको नेपालको नयाँ नक्सालाई संसदबाटै सर्बसम्मतरुपले (सरिता गिरीबाहेक) पारित गराउने अवस्थामा नेपालको राजनीतिक शक्ति एकजुट बन्न पुग्यो।

त्यस्तै २ नम्बर प्रदेशकाे सरकारमा समेत पकड जमाउने प्रयत्नमा उपेन्द्र यादव नेतृत्वकाे संघीय समाजवादी पार्टी फुटाउन ओलीले प्रयत्न गर्दा भारतकाे सक्रियतामा रातारात पार्टी एकीकरण गराएर ओलीलाई काे काममा विफल पारिएकाे थियाे।

यो भारतका लागि ठूलो चुनौती थियो। त्यसयता नेकपालाई छिन्न भिन्न पार्ने भारतीय डिजाइन जारी छ। र, यही डिजाइनको एउटा गतिलो औजार बनेर नेपाली राजनीतिमा जसपाको ठाकुर र महतो समूह देखा परेको हो।

जसले ओलीसँगका विगतका सबै मतभिन्नता, समस्या र मधेशविरोधी ओलीको छविलाई चटक्कै बिर्सिन सक्यो। र, ओलीको सत्ता महत्वाकांक्षा जगाउने र कायम राख्ने एउटा औजार बनिरहन सक्यो।

खासगरी भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको बालुवाटार भ्रमणपछि ठाकुर महतो समूहको ओली समर्थन शुरु भएको हो। त्यसयता ओलीसँग मधेशका मुद्धामा वार्ता शुरु गरेको देखाएर मधेशका एजेण्डामा ओलीले नै सहमती जनाएर काम गरिरहेको भन्दै ओलीको मधेशविरोधी छविलाई पखाल्नसमेत यो समूहले योगदान दिन पुग्यो।

ओली सरकारले नै मुद्धा चलाएका मधेश आन्दोलनका नाममा गरिएका अपराधकर्ममा पनि ओलीबाटै माफी मिनाहा लिने र मुद्धा फिर्ता लिने तहसम्मको उपलब्धी पनि यो समूहले हासिल गर्न पुग्यो।

नेकपालाई छिन्न भिन्न पार्ने भारतीय डिजाइन जारी छ। र, यही डिजाइनको एउटा गतिलो औजार बनेर नेपाली राजनीतिमा जसपाको ठाकुर र महतो समूह देखा परेको हो। जसले ओलीसँगका विगतका सबै मतभिन्नता, समस्या र मधेशविरोधी ओलीको छविलाई चटक्कै बिर्सिन सक्यो। र, ओलीको सत्ता महत्वाकांक्षा जगाउने र कायम राख्ने एउटा औजार बनिरहन सक्यो।

हुँदा हुँदा ओलीको सत्ता महत्वाकांक्षामा निरन्तर मलजल गर्दै यो समूह ओलीकै नेतृत्वमा सत्तारोहणसमेत गर्न भ्यायो जसले मिल्नै नसक्ने गरी जनता समाजवादी पार्टीलाई फुट्ने अवस्थामा पुर्‍यायाे।

फुटमा आफू सत्तामै भैराखे जसपाको अर्को समूह उपेन्द्र यादव र बाबुराम समूहलाई सजिलै परास्त गर्ने महत्वाकांक्षा राखेको ठाकुर—महतोसमूह सर्बोच्च अदालतको मन्त्रिपरिषद् गठन अबैध भनिदिएको निर्णय र ओलीलाई सत्ताच्युत गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरिदिने निर्णयपछि दिनप्रतिदिन कमजोर बन्दै गएको छ।

ओलीविरोधी मधेशी जनमतमा दह्रो पकड बनाउँदा बनाउँदै ओलीसँग वाध्यताबस टाँसिन पुग्दा अहिले सो आधारभूमि पनि अव यो समूहका लागि गुमेको छ। भारतको ओलीलाई इंन्गेज गर्ने रणनीतिको एउटा औजार बन्दा जीबनभर राजनीतिमा लागेका ठाकुरको राजनीति धरासायीझैं भएको छ। अव आफैं उठ्न ठूलै परिणामको धूलो टक्टक्याएर उठ्नुपर्ने हुन्छ। यसका लागि चुकाउनु पर्ने मूल्य यो समूहका लागि महंगो सावित हुँदै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *