सिरहामा एक हजार ९१३ नयाँ उद्योग दर्ता

डिसी नेपाल
१३ साउन २०७८ १२:१२
172
Shares

लहान । सिरहामा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन्। नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरा पालनका १७ नयाँ उद्योग दर्ता भएका छन्। सेवा उद्योगतर्फ कुटानी पिसानीका ११५, होटेल ११०, निर्माणका ९४, मोटरसाइकल मर्मतका ४५ र ढुवानीका ३५ उद्योग दत्र्ता भएका छन्। यो सङ्ख्या गत आव २०७६÷७७ को भन्दा बढी हो।

आव ०७६÷७७ मा सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ गरी एक हजार १४७ नयाँ उद्योग दर्ता भएका थिए। योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ६१२, कृषि तथा वनजन्य उद्योग दुई हजार ७७० र सेवा उद्योग चार हजार २३८ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या आठ हजार ४७० पुगेको कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए। नयाँ उद्योग दर्ताबाट रु एक करोड ८६ लाख ६६ हजार ३०० राजश्व सङ्कलन भएको जनाइएको छ।

बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै उद्योग दर्ता गराउनेको सङ्ख्या वृद्धि भएको प्रमुख यादवको भनाइ छ। यस्तै आव २०७७/७८ मा उद्योगतर्फ ६४ र वाणिज्यतर्फ १५५ घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको जनाइएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *