‘हटशटका लागि राज कुन्द्राले मलाई अफर गरेका थिए, खुलेर देखाउन भनेका थिए’

डिसी नेपाल
१४ साउन २०७८ १३:३५

काठमाडौं। राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बइ पुलिसले अभिनेत्री शर्लिन चोपडासँग पनि निरन्तर सोधपुछ गरिरहेको छ । सोधपुछका क्रममा शर्लिनले राजमाथि कैयौं गम्भीर आरोप लगाएकी छिन् । मुम्बइ पुलिसको क्राइम ब्रान्चलाई दिएको बयानमा शर्लिनले राजले आफूलाई हटशटको लागि सुटिङ गर्न अफर गरेको बताएकी छिन् । भारतीय मिडियाका अनुसार शर्लिनले आफूले त्यो अफर अस्वीकार गरेको बताएकी छिन् ।

शर्लिनले आफूलाई राजले अफर गरेको भए पनि आफूलाई त्यो एपका सामग्री घटिया लागेका कारण आफूले अस्वीकार गरेको बताएकी छिन् । शर्लिनका अनुसार २०१९ मा राजले उनका बिजनेस म्यानेजरलाई ‘द शर्लिन चोपडा एप’को आइडियाको लागि सम्पर्क गरेका थिए । शर्लिनका अनुसार उनले २०१९ मा आर्मप्राइमसँग एक सम्झौता गरेकी थिइन् । आर्मप्राइमका संस्थापक राज कुन्द्रा थिए । शर्लिनका अनुसार उनले आर्मप्राइमसँगको सम्झौता अगाडि बढाइनन् किनकि उनी आधाआधा कमाइ बाँड्ने मोडलसँग सहज थिइनन् ।

शर्लिनका अनुसार सम्झौता सकिएपछि उनले एपबाट सामग्री डिलिट गर्न भनेकी थिइन् तर ती सबै सामग्री इन्टरनेटमा अहिले पनि छन् । त्यतिबेला शर्लिनले बनाएका भिडियोमध्ये चकलेट भिडियो नामको एउटा भिडियोबारे पुलिसले उनीसँग सोधेको थियो । शर्लिनका अनुसार यो सुटिङका बेला आर्मप्राइमका क्रिएटिभ हेडसँग उनको बहस पनि भएको थियो । क्रिएटिभ हेडले उनलाई संकोच गर्न छोडेर हलिउड मोडलले जस्तै खुलेर देखाउन भनेका थिए । यस क्रममा उनको क्रिएटिभ हेडसँग कैयौं पटक बहस पनि भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *