शिल्पा शेट्टीकी आमा सुनन्दाले पुलिसमा उजुरी दर्ता गरिन्

डिसी नेपाल
१४ साउन २०७८ १४:३८

काठमाडौं। बलिउड अभिनेत्री शिल्पा शेट्टीकी आमा सुनन्दा शेट्टीले १ करोड ६० लाख रुपैयाँ घोटाला गरिएको विषयमा पुलिसमा उजुरी दर्ता गराएकी छिन् । मुम्बइ पुलिसका अनुसार सुनन्दा शेट्टीले सुधाकर घारे नामका एक व्यक्तिमाथि जाली कागजात प्रयोग गरेर आफूलाई सम्पत्ति बेचेको आरोप लगाएकी छिन् ।

सुनन्दाका अनुसार उनले २०१९–२०२० को बीचमा सुधाकरसँग करजतको एक जमिन किनेकी थिइन् । सुधाकरले त्यतिबेला जमिन आफ्नै भएको बताएका थिए । सुधाकरले फर्जी कागजात बनाएर सुनन्दालाई यो जमिन १ करोड ६० लाखमा बेचेका थिए । पछि त्यो जमिन सुधाकरको नभएको खुलासा भयो तर सुधाकरले पैसा फिर्ता गर्न अस्वीकार गरे । सुधाकरले सुनन्दालाई समे अदालत जान चुनौती दिएपछि उनी अदालत गएकी थिइन् । अदालतको आदेशपछि पुलिसले उजुरी दर्ता गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *