थप ३३ सय जनामा कोरोना पुष्टि, १३ सय निको

डिसी नेपाल
१४ साउन २०७८ १६:१९

काठमाडौं । बिहिबार नेपालमा ३ हजार ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ३३५ र १०३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५० हजार २२ पुगेको छ । जसमध्ये ६ लाख ५० हजार ४४५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १६ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ८०७ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *