नक्कली बाबु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता
सांकेतिक तस्वीर
पर्सा। झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालई वीरगंज महानगरपालिका १३ बाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका २ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र सोही ठाउँ बस्ने भारत घर भएकी २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेल रहेका छन्।
भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नामबाट झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्ने सूचना प्राप्त हुँनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले सिताको साथबाट धुरुप प्रसाद पटेलको छोरी कविता कुमारीको नाममा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते जारी भएको नागरिकता प्रमाण पत्र नम्बर ३४–०१–७०–१०३५२ को नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि फेला पारी सिता र उक्त नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिने धुरुप प्रसादलाई समेत पक्राउ गरेको हो।
उनीहरु उपर नागरिकता सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment