सुवास नेम्वाङसँग माधव नेपालको ‘आँईं उँईं’, देउवालाई टिकाउने अडान

मदन कोइराला
१५ साउन २०७८ ८:४१

काठमाडौं । केपी ओलीसँग सिधै वार्ता गर्नुभन्दा सुवास नेम्वाङ र विष्णु पौडेलसँग कुरा गर्ने चाहना नेकपा एमालेका विद्रोही नेता माधवकुमार नेपालले राखेपछि हिजो साउन १४ गते विहीबार नेम्वाङ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। दुई नेताका बीचमा निकै लामो छलफल भए पनि पार्टी एकताको सकारात्मक संदेश प्राप्त हुन सकेन।

समाचार अनुसार, नेता नेपालले पार्टी एकता सम्बन्धी कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावलाई ठाडै अस्वीकार गर्दै त्यसलाई मान्न नसक्ने जानकारी नेम्वाङलाई दिएका थिए। यो विषयामा प्रष्ट जवाफ दिएका नेता नेपालले शेरबहादुर देउवाको गठबन्धनमा अझै सामेल भइरहेकोबारे प्रश्न गरेका थिए। यो प्रश्नको उत्तर भने नेता नेपालले प्रष्ट दिएनन्।

नेम्वाङका अनुसार यसबारे नेता नेपालले आँई उँई जवाफ दिएका थिए। नेम्वाङले नेता नेपाललाई ‘तपाईँहरु शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिकोमा जानु भयो, त्यसमा तपाईँको आफ्नै ब्याख्या थियो। सर्वोच्च जानु भयो।

अहिले सर्वोच्चको परमादेशले शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भएको छ। उहाँलाई विश्वासको मत पनि दिनु भयो। अब ती चरण पार भइसेपछि यो अवस्थामा तपाइँले पहिला विपक्षी गठबन्धनबाट अगल भएको घोषणा पनि गर्नु भयो।

तर अहिले बालुवाटारमा हुने गठबन्धनको बैठकमा पहिला तपाईँ आफैं सहभागी हुनु भयो। र, अहिले तपाईँको प्रतिनिधिको रुमपा विजय पौडेललाई किन पठाइरहनु भएको छ ?,’ भन्दै प्रश्न गरेका थिए। तर नेपालले त्यसको स्पष्ट जवाफ दिएनन्।

नेता नेपालले नेम्वाङसँगको भेटमा विवाद समाधानको कुरा गरेनन् बरु आफ्नो पक्षमा २२ जना सांसद दृढतापूर्वक उभिएको बताए। उनले दश बुँदे सहमतिप्रति असन्तुष्टी मात्रै जनाएनन्, स्पष्ट भाषामा त्यसलाई नस्विकार्नेसमेत बताए। कार्यदलले तयार पारेको दश बुँदे सहमतिलाई पार्टीले अनुमोदन गरे पनि त्यसलाई नेता नेपालले स्वीकार गरेका छैनन्।

‘मैले यी प्रश्न गर्दा उहाँले स्पष्ट जवाफ दिुन भएन आँई उँई मात्रै गर्नु भयो,’ नेम्वाङले डिसी नेपालसँग भने। स्रोतका अनुसार नेता नेपालले वर्तमान सरकारप्रति पार्टीको धारणा के हो भन्दै प्रश्न गरेका थिए। उनले बाँकी कार्यदल देउवा नेतृत्वको सरकारले नै राज्यसत्ता सञ्चालन गर्नु पर्छ र त्यसमा पार्टीले सहयोग गर्नुपर्छ भन्ने आशय राखेका थिए।

नेता नेपालले नेम्वाङसँगको भेटमा विवाद समाधानको कुरा गरेनन् बरु आफ्नो पक्षमा २२ जना सांसद दृढतापूर्वक उभिएको बताए। उनले दश बुँदे सहमतिप्रति असन्तुष्टी मात्रै जनाएनन्, स्पष्ट भाषामा त्यसलाई नस्विकार्नेसमेत बताए। कार्यदलले तयार पारेको दश बुँदे सहमतिलाई पार्टीले अनुमोदन गरे पनि त्यसलाई नेता नेपालले स्वीकार गरेका छैनन्।

त्यसमा केही विवाद वा केही गुनासा भए अध्यक्षसँग बसेर सल्लाह गर्न दुवैतर्फका कार्यदलका सदस्यले दबाव दिएका छन्। त्यसका लागि नेता नेपाल सकारात्मक भएका थिए। तर त्यस अगाडि उनले ओली समूहका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलसँग छुट्टा छुट्टै छलफल गरेपछि मात्रै ओलीसँग भेट्ने शर्त राखेका थिए। नेता नेपालले बिहीबार दिउँसो स्थायी कमिटी सदस्य नेम्वाङसँग लामो छलफल गरेका थिए।

उक्त छलफलमा नेता नेपालले दश बुँदे सहमतिप्रति आफू सहमत नभएको प्रष्ट रुपमा राखेका थिए। आफ्नो सहमतिमा कार्यदल बनेको भएपनि अन्तिम समयमा कार्यदलले दश बुँदा आफूलाई नदेखाएको र केही बुँदा थप गर्न आफूले दिएको सुझाव पनि कार्यदलले नमानेको भन्दै दश बुँदाप्रति आफ्नो विमति रहेको नेम्वाङलाई जनाएका थिए।

‘उहाँले (माधव नेपाल) ले अध्यक्ष कमरेडलाई भेट्नु भन्दा पहिले सुवास नेम्वाङ र विष्णु पौडेललाई भेट्छु भनेपछि हिजो मैले उहाँसँग छलफल गरेको हुँ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘उहाँसँग दश बुँदे सहमतिलगायतका विषयमा छलफल भयो।’

नेपाललाई नेम्वाङले तपाईँकै सहमतिमा गठन भएको कार्यदलले तयार पारेको दश बुँदालाई पार्टीले अनुमोदन गरिसकेको भन्दै नेताहरुकाबीचमा कतिपय कुरा बाँकी रहेको भए दुई जना बसेर छलफल गर्न सुझाव दिएका थिए।

नेता नेपालले आज उपमहासचिव विष्णु पौडेलसँग छलफल गर्दैछन्। एमाले विवाद यतिबेला उत्कर्षमा छ। वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ। पार्टी विवाद उत्कर्षमा पुगेपछि संस्थापन पक्ष र नेपाल पक्षले विवाद समाधानका लागि कार्यदल गठन गरेका थिए। उक्त कार्यदलले दश बुँदे सहमति गरेर त्यसलाई पार्टीले अनुमोदनसमेत गरिसकेको छ।

विशेष गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहले हस्ताक्षर गरेर सर्वोच्चमा रिट दायर गरेपछि पार्टी विवाद उत्कर्षमा पुगेको थियो । सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापित गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि देउवा प्रधानमन्त्री भएको पनि हुई हप्ता पूरा भइसकेको छ ।

तर एमाले विवाद भने समाधान भएको छैन। केही मथ्थर भएको विवाद समाधान उन्मुख नभएको नेताहरुले बताएका छन्। पार्टीप्रति आक्रामक र सत्तापक्ष गठबन्धनप्रति नरम देखिएका नेतालाई पार्टी एकताको पक्षमा लाग्न उनकै समूहबाट ठूलो दबाव छ। तर नेता नेपाल तत्काल विवाद समाधान गर्ने मुडमा नरहेको उनी निकट नेताहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *