राज कुन्द्रामाथि ३ हजार करोड रुपैयाँ ठगीको आरोप, शिल्पा शेट्टी पनि मुछिइन्

डिसी नेपाल
१५ साउन २०७८ १५:०८

काठमाडौं। पोर्न भिडियो बनाएर अनलाइनमा सार्वजनिक गरेको अभियोगमा न्यायिक हिरासतमा रहेका राज कुन्द्रामाथि फेरि अर्को संकट थपिएको छ । उनीमाथि ३ हजार करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । भारतीय जनता पार्टीका विधायक तथा प्रवक्ता राम कदमले कुन्द्रामाथि अनलाइन गेम जीओडीको माध्यमबाट ३ हजार करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।

शुक्रबार राम कदमले एक पत्रकार सम्मेलन गरेर राजमाथि यस्तो आरोप लगाएका हुन् । कदमका अनुसार राज कुन्द्राले यो गेमको प्रचारको लागि शिल्पा शेट्टीको नाम र फोटोको प्रयोग गरेका थिए । कदमले पत्रकार सम्मेलनमा भने ‘राज कुन्द्राले अनलाइन गेम जीओडीको माध्यमबाट ठगी गरे । शिल्पा शेट्टीको प्रतिभाको हामी सम्मान गर्छौं तर यो गेमको प्रचारप्रसारको लागि शिल्पा शेट्टीको अनुहारको प्रयोग गरियो ।’

कदमले अगाडि भने ‘राज कुन्द्राको वियान इन्डस्ट्रिज नाममा कम्पनी छ जसमा उनी निर्देशक छन् । वियान कम्पनीको जीओडी (गेम अफ डट्स) नामको एक खेल छ । यसलाई कानुनी अनलाइन गेम भनिएको छ । वियान इन्डस्टिजको लेटरहेडमा शिल्पा शेट्टीको तस्वीर प्रचारका लागि प्रयोग गरिन्छ । यो खेल सरकारद्वारा मान्यता प्राप्त भएको बताइयो । यो खेलमा इनामको धनराशी दिने भनियो । देशभरीबाट मानिसहरुलाई ठगियो । २ हजार ५ सयदेखि ३ हजार करोड रुपैयाँको घोटाला वियान इन्डस्ट्रिजले गरेको छ ।’

कदमले भने ‘हाम्रो संविधानले कसैलाई ठग्ने अधिकार दिएको छैन । कसैसँग ३० लाख लिइयो, कसैसँग १५–२० लाख लिइयो । गेमको वितरणको कुरा गरेर मानिसहरुलाई बहकाइयो र उनीहरुसँग पैसा लुटियो । मानिसहरुले डिस्ट्रिब्युटरसिप लिए, केही मानिसले केही दिनसम्म चलाए । केही मानिसहरुलाई तत्कालै यो ठग्ने काम हो भन्ने थाहा भयो । यसरी गरिबलाई ठग्ने अधिकार राज कुन्द्रालाई कसले दियो ?’ राम कदमले दावी गरेअनुसार यो मामिलामा पीडितहरु जब पैसा माग्न राज कुन्द्राको अफिस गए त्यहाँ बाउन्सरले उनीहरुलाई कुटपिट गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *