एनआरएनए/एनसीसी जापानको अध्यक्षमा पौडेल विजयी

डिसी नेपाल
१५ साउन २०७८ २०:३६

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । आज(शुक्रबार) भएको निर्वाचनमा पौडेलले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् ।

कूल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कूल ७ हजार ७ सय ५७ मत खसेको थियो । त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा नबिन नउरे विजयी भएका छन् । उनले ३ हजार ९ सय ९३ मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा राम थापा (अनिल), राजकुमार अधिकारी, राम कृष्ण श्रेष्ठ र महेश कुमार कटवाल महिला उपाध्यक्षतर्फ संगिता अधिकारी निर्वाचित भएका छन् ।

महासचिवमा सिद्वार्थ श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण गैरे शर्मा, युवा संयोजकमा राकेश लामा निर्वाचित भएका छन् । त्यसैगरी, निर्वाचित कार्यसमिति सदस्यहरुमा राजु भण्डारी(सुनिल), चन्द्र कुमारी केसी, प्रकाश लामिछाने, भिमसेन राय, लक्ष्मी केसी महर्जन, मोहन सिंह मडै र दिलिप कंडेल रहेका छन् ।

आइसीसी सदस्यमा दिपक कार्की, श्रवण कुमार सत्याल, रोविन शेरचन, लक्ष्मण बानिया, सुपेन्द्र घिसिंग, र नरबहादुर थापा निर्वाचित भएका छन् ।
अनलाइनमार्फत गरिएको मतदानमा कूल २९ पदका लागि ५९ जनाको उम्मेदवारी परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *